चितवन, १८ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रतिनीधी सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपालीको काँग्रेसको कमजोर नतिजा आएपनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा उनले निर्वाचनमा काँग्रेसको हार भएपनि विपीको विचारकै जित भएको बताएका हुन् ।
बागठगबन्धनको जित पश्चात कम्युनिष्ट अघि बढ्न थालेपनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए । शर्माले नेपाली राजनितीमा मेलमिलापको खाँचो भएको भन्दै बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको बताएका छन्। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बद्रि पाण्डेले अहिले राजनीतिक मुद्दा सकिएको भन्दै अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताएका छन् ।
Comments








