काठमाडौं । नेपाल बैंक लिमिटेडमा ३९६ जनाका लागि जागिर खुलेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो ।
सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको छ ।
बैंकले ७ वटै प्रदेशका लागि सहायक पदमा ठूलो मात्रामा कर्मचारी माग गरेको हो । बैंकले खुलाएको सबै पदमा आवेदन भने अनलाइन मार्फत दिनुपर्ने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।