पशुपतिमा सजाउन राखिएका फुलमाला नै चोरी

काठमाडौं । तपाईले चिनियाँ राष्ट्रपति आउँदा तिनकुनेमा राखेको दुबो चोरी भएको खबर त सुन्नु भएको थियो । अहिले त्यस्तै अर्को लाजमर्दो र हास्यास्पद घटना घटेको छ । महाशिवरात्रिलाई विशेष बनाउन सजाइएका फुलमाला नै चोरी भएको छ ।
पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजाएको थियो । त्यहीँ फुल चोरी भएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल फुलमाला नै चोरी भएको बताए । शिवरात्री विशेष बनाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । मन्दिरको मुख्य प्रवेशद्वार, शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।