काठमाडौं । कोरोना भाइरसको कारण अहिले व्यापार व्यवसाय चौपट हुन थालेको छ । सरकारले अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ भने भोलिदेखि लामो दुरीको यातायात समेत बन्द गर्ने निर्णय गरिसकेको छ ।
यस्तो संकटका लागि घर तथा कोठा भाडामा लिएर बस्नेमाथि पनि समस्या थोपरिएको छ । तर, एक घरबेटीले आफ्नो घरभाडामा बस्नेहरुका लागि तीन महिनाको घरभाडा नै नलिने घोषणा गरेका छन् । मकवानपुर स्थित थाहा नगरपालिकाको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले कलंकी स्थित आफ्नो निवासमा बस्नेमाथि घरभाडा नलिने घोषणा गरेका हुन् ।
उनले फेसबुक वालमार्फत यस्तो जानकारी गराएपछि चौतर्फी रुपमा उनको प्रशंशा बढेर गएको छ । सर्वत्र लामिछानेले जस्तै मन देखाएर संकटको बेला भाडा छुट गर्न सामाजिक सञ्जालमा आवाज उठिरहेको छ ।
यसैगरी, समाजसेवी सुष्मा राईले आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सवैलाई एक महिनाको भाडा छुट दिने घोषणा गरेकी छिन । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसिसि सदस्य राईले आर्थिक महामारीलार्इ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताएक छिन् ।
यस्तै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छिन । पोखरा महानगरपालिका वडा नम्वर ६ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन ।
तीन महिनाको घरभाडा छुट दिएपछि घरबेटीको चौतर्फी तारिफ
Comments








