मंसिर १२ । नेकपा–माओवादीले संवैधानिक अधिकार सम्पन्न गोलमेच सभाबाट संविधान निर्माण गरिनु पर्ने बताएको छ ।
उनले गोलमेच सभालाई थप वलियो वनाएर सहमतिका आधारमा संविधान निर्माण गरे मात्र मुलुकको समस्या समाधान हुँने बताए ।
नेकपा माओवादीलाई वाहिरै राखेर गरे
को संविधान सभामा माओवादीको सहभागिता
बारेको जिज्ञाशामा नेता गुरुङले सहमतिको पहिलो विन्दु संविधानसभाको
विस्थापनबाट सुरु हुने वताए ।
वर्तमान संविधानसभा प्रतिगमनकारीको हातमा
पुगेकाले उक्त संविधानसभामा आफुहरु सहभागि नहुने उनले बताए । विस्तृत
शान्ती सम्झौता भन्दा उच्च सम्झौताका आधारमा सहमतिको संविधान जारी गर्न
दलहरु तयार हुनु पर्ने उनको जोड रहेको छ ।
एमाओवादीसँग कार्यगत
एकताको सवालमा नेता गुरुङले एमाओवादी संविधानसभा भित्रको प्रकृयामा
अल्झिएको र आफुहरु संविधानसभा विस्थापनको पक्षमा रहेकाले तत्काल कार्यगत
एकता संभव नरहेको वताए । संविधानसभा विस्थापनको पक्षमा एमाओवादी आए
उनीहरुसँग कार्यगत एकता सम्भव हुँनेमा गुरुङले प्रश्ट पारे ।
संविधानसभा
भित्र विकल्प भन्दा संविधानसभा विस्थापन पछिको नयाँ विकल्पवारे आफ्नो
पार्टीले सोचिरहेको उनले वताए ।







