मंसिर ११ । संविधानसभा निर्वाचनमा सर्लाहीमा प्रत्यक्ष तर्फका  २ सय ३२ जना उमेद्वारको जमानत जफत भएको छ ।

जिल्ला निवार्चन कार्यालय सर्लाहीले  दिएको जानकारी अनुसार प्रत्यक्ष तर्फका २३ जना उम्मेदवारले बाहेक सबैको जमानत फिर्ता नपाउने भएका छन् । धरौटी बचाउन कुल सदर मतको १० प्रतिशत मत आवश्यक पर्ने हुन्छ ।
सर्लाहीको  निर्वाचन क्षेत्र नम्वर १ मा ३६ जना , क्षेत्र नम्वर २ मा ४२ जना, क्षेत्र नम्वर ३ मा ४६ जना, क्षेत्र नम्वर ४ मा ३८ जना क्षेत्र नम्वर ५ मा ४४ जना र क्षेत्र नम्वर ६ मा ४९  जना उमेद्धार गरि कुल दुई सय ३२ जना उम्मेद्वारको जमानत जफत गरिएको  जिल्ला निवार्चन कार्यालय सर्लाहीका प्रमुख प्रकास अधिकारीका बताएका छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।