मंसिर ३ । आसन्न निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवार सरकारी कर्मचारी भएको प्रमाण फेला पर्नासाग उम्मेदवारी पद रद्ध गरिएको छ ।

लमजुङको क्षेत्र नम्बर २ का संघीय समाजवादी पार्टीका उम्मेद्वार गमबहादुर तामाङको उम्मेद्वारी खारेज भएको हो ।

सरकारी कर्मचारी उम्मेद्वार बन्न नपाउने प्रावधान अनुसार आयोगले तामाङको उम्मेद्वारी रद्द गरेको हो ।

सरकारी कर्मचारीले उम्मेद्वारी दिए निजामति सेवा ऐन २०४९ अनुसार कारबाही हुने प्रावधान छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।