हिन्दीमा एउटा उखान प्रचलित छ “आया राम गया राम” अर्थात् ‘कतिखेर आयो, कतिखेर गयो’ थाहै हुँदैन। नेपाल टेलिकमको ‘एडिएसएल’ सेवामाथि यो उखान ठ्याक्कै चरितार्थ हुन्छ।

नेपाल टेलिकमको एडिएसएल सेवा पटकपटक अवरुद्ध हुने गरेकाले सञ्चार क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। यस सम्बन्धमा पत्रकार एवम् नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालको नजरमा टेलिकमको यो सेवा धेरै दुःख दिने गरेको छ र कहिले सुध्रिने थाहा छैन।

एडिएसएल सेवा आज बिहान ७।३० बजे एकचोटी देखापरेको थियो। त्यसपछि आउँदै, जाँदै करिब बिहान ११ बजेदेखि राउटरबाट पूरै गायव नै भए, त्यसपछि एकैचोटी मध्याह्न १ बजेर ५० मिनेट देखापर्‍यो। फेरि यो कति बजे गायव हुने ठेगान छैन। अचेल एडिएसएलको यो दिनचर्या नै भएको छ।

एडिएसएल सेवा अवरुद्ध सेवाको सम्बन्धमा नेपाल टेलिकम कार्यालय विर्तामोडले प्रायः केन्द्रबाट नै गडबडी हुने गरेको बताएको छ। रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।