कात्तिक ७ । गत वर्षहरुमा हिउँदको समयममा लोडसेडिंग १६ घण्टामाथि पनि भएकोमा यो वर्ष भने १२ घण्टामाथि नहुने भएको छ ।

भारतबाट थप ७४ मेगावट बिजुली ल्याउन सकिने गरी प्रसारण लाइनमा भएको सुधार र असोजमा आएर कुलेखानी जलाशय भरिएपछि आगामी हिउँदमा दैनिक लोडसेडिङ १२ घण्टामा सिमित हुने भएको हो ।

मंसिरदेखि नै थप ७४ हजार मेगावट विद्युत आयात गर्न लागिएकाले लोडसेडिङको समय गत वर्षको भन्दा दैनिक दुई घण्टा कम हुने विद्युत प्राधिकरणको दाबी छ ।

भारतबाट बिजुली नमगाइएको भए यो वर्ष लोडसेडिङ बढेर १७ घण्टामा पुग्ने प्रक्षेपण गरिएको खबर कान्तिपुरमा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।