असोज । किस्ट बैंकको ८० लाख चोरीकाण्डमा बैंककै कर्मचारीको संलग्नता भएको पुष्टि भएको छ ।
प्रहरी अनुसन्धानले टेलर रोहितलाल श्रेष्ठ चोरीको योजनाकार भएको रहस्य पत्ता लगाएको हो ।

हनुमान ढोका प्रहरीले श्रेष्ठसहित ६ जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले ६० लाख रुपैयाँ पनि बरामद गरिसकेको छ ।

१० दिनअघि चोरहरुले कलंकी शाखामा नगद अपुग भएको भन्दै बैंक कर्मचारीकै रुपमा प्रस्तुत भएर ठमेल शाखाबाट उक्त पैसा लगेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।