२१ असोज, काठमाडौं । राजधानीमा दसैँको लागि तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याइएको छ । 

 दसैँको लागि ल्याइएका ४ सय ५० च्याङ्ग्रा राजधानीमो भक्तपुरमा आइपुगेको च्याङ्ग्रा व्यपारीले बताएका छन् ।

यो वर्षको दसैँमा  तिब्बतको खासाबाट र मुस्ताङ हुँदै करिब ४ हजार भेडाच्याङ्ग्रा राजधानी आइपुगेका छन् । च्याङ्ग्रा जिउँदो प्रतिकिलो ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो वर्ष भन्दा यो वर्ष  तिब्बतमै च्याङ्ग्रा प्रतिगोटा ३ हजार रुपैयाँसम्म बढी मूल्य परेको व्यापारीले बताएका छन् ।  तिब्बतमा एउटा च्याङ्ग्राको १६ हजार ५ सय रुपैयाँसम्म मूल्य पर्ने व्यापरी बताउछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।