काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९ रहेको छ । त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।