काठाडौं ११, असोज । नेकपा–माओवादीले  मंसिर ४ गतेको चुनाव गर्नैपर्छ भन्ने पूर्व अमिरेकी राष्ट्रपति जिम्मी कार्टर, भारतीय विदेश सचिव सुजाथा सिंहका साथै युरोपियन युनियनका राजदूतहरुलाई कारबाही गरेर देखाउन चुनौती दिएको छ ।
आफ्नो कार्यक्रममा बोल्ने विदेशीलाई प्रशासनले खोजिरहेको भन्दै त्यसको कडा विरोध जनाउँदै माओवादील यस्तो जनाएको हो ।
असोज ८ मा दोलखाको चरिकोटमा पार्टी महासचिव राम बहादुर थापासगै आईरिसका नागरिक पिटर टबिनले अथितिको रुपमा मन्तव्य राखेका थिए । सो क्रममा उनले कथित निर्वाचन बहिस्कार गरौं भन्ने टिसर्ट लगाएको अवस्थामा घोषित संविधानको विरोध गरेको सञ्चारमाध्यमहरुमा खबर आएपछि प्रशासनले उनको खोजी सुरु गरेको छ ।
माओवादीले भने द रेड फ्रन्टका सम्पादक समेत भएको र उनले आफ्नो विचार राख्दा हस्तक्षेपकारी कुरा नराखेपनि सञ्चारमाध्यमले बढाईचढाई गरेको भन्दै समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जनमैत्री संगठन इन्चार्ज डा.विष्णुहरि नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अतिथिको रुपमा भाग लिई आफ्ना विचार राख्नु हस्तक्षेप नभएको उल्लेख गरेका छन् । पिटर टबिनले कुनै हस्तक्षेपकारी कुरा नबोलेको दाबी समेत नेपालले गरेका छन् ।
हाम्रो पार्टीका थुप्रै भाइचारा संगठनहरुले हाम्रा नीति तथा कार्यक्रमहरुमा ऐक्यबद्धता (सोलिडारिटी) जाहेर गर्न पाउनु यो उहाहरुको मौलिक हक हो’ विज्ञप्तिमा भनिएको छर्, कारवाही नै गर्ने हो भने पूर्व अमिरेकी राष्ट्रपति जिम्मी कार्टर, युरोपियन युनियन अन्तर्गतका केही राजदूतहरु र भर्खरै मात्र नेपालको भ्रमण पूरा गर्नु भएकी भारतीय विदेश सचिव सुजाथा सिंह आदिलाई सरकारले कार्यवाही गरोस जसले ‘‘कुनै हालतमा पनि’’ मंसिर ४ गतेको चुनाव गर्नुपर्छ भनी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन् ।’
माओवादीले एक ७० बर्षीय वयोवृद्ध एवम् नेपाल र नेपाली जनताका अभिन्न मित्र पिटर टबिनलाई मानसिक पिडा दिएकोमा खेद प्रकट समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, पिटरलाई प्रशासनले गिरफ्तार गरी कानूनी कार्यवाही गर्ने योजना बनाएको हो भने त्यसको भत्र्सना गर्दछ ।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।