सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।