काठमाडौं १८ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका विक्रम पाण्डे चुनावी मैदानमा मात्र भएको तर आफ्नो राजनीतिक प्रतिद्वन्दी नभएको बताएका छन् ।
‘नेपालको राजनीतिक परिवर्तनको निम्ती, सामाजिक न्याय र सम्बृद्धको निम्ती मैले जे–जस्तो योगदान गरेको छु, त्यो तुलना विक्रम पाण्डेसँग हुने कुरै होईन् ।’ चितवनमा आयोजित चुनावी सभामा उनले भने ।
प्रचण्डले चुनावी मैदानमा भएपनि पाण्डे आफ्नो राजनीतिक प्रतिद्वन्दी नभएको दाबी गर्दै उनले चितवन ३ को चुनावमा खासै प्रेसर महसुस नगरेको बताए ।
‘विक्रम पाण्डेले पैसाको बलमा दुई–चार भोट प्राप्त गर्लान त्यो कुरा त चाहिँ बुझ्न सकिन्छ’ प्रचण्डले भने, ‘तर, हिजो एउटा परिस्थितिमा उनले यहाँ निर्वाचन जितेका हुन्, अहिले हामी बाम गठबन्धन बनाएर र म पहिलो चोटी जसरी आएको छु, त्यस हिसाबले हेर्दा चुनाव जित्न मलाई खासै समस्या छैन ।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।