असोज २  ।  नेपालको सिमा  क्षेत्र  बर्दिया सदरमुकाम गुलरियामा  भारतीय प्रहरी हतियार सहित प्रवेश गरी मन्जुर प्रसाद श्रेष्ठको घरमा छापा मारेको छ ।
 भारतिय प्रहरीले  नेपालको कुनै पनि  सुरक्षा प्रतिनिधीलाई जानकारी  नगराई  अपराधी खोज्न आएको भन्दै श्रेष्ठको घरमा छापा  १  घण्टा लगाएर छापा  मारको छ । 
भारत उत्तर प्रदेश राज्यको  लखिमपुर  डिएसपीको टोलीले श्रेष्ठको  घरमा जर्वजस्ती  गरी   लत्ता कपडाहरु  बिरार्दै अपराधी कहाँ छ  भन्दै  सर्च  गरेका   थिए। 
 भारतीय प्रहरी हतियार सहित प्रवेश गरी हस्तक्षेप गरेकोमा स्थानीय आक्रोसित भएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।