जेठ १५ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले छैटौँ गणतन्त्र दिवस मनाइरहँदा रौतहटको एक विद्यालयमा भने कक्षा सञ्चालन भएको छ ।

सरकारले जेठ १५ गते सार्वजनिक बिदा दिए पनि सो विद्यालयले भने भोलि जन्ती जानका लागि विद्यालय बिदा गर्नुपर्ने भएकाले माध्यमिक तहसम्मको विद्यार्थीलाई बोलाएर कक्षा सञ्चालन गरेको हो ।

उच्च माध्यमिक विद्यालय जुडिवेलका प्रधानाध्यापक जगतनारायण कुमारको छोराको विवाहमा सबै शिक्षक जन्ती जानुपर्ने भएकाले जेठ १५ गते सार्वजनिक बिदाका दिन पढाइ सञ्चालन गरेको बताइएको छ ।

जेठ १६ गते विद्यालय बन्द गर्ने शिक्षकहरूले निर्णय गरेपछि आज पढाइ सञ्चालन गरिएको एक शिक्षकले बताए ।

जिल्ला शिक्षा अधिकारी दिलीप ठाकुरले भने विशेष कारण बाहेक सट्टा बिदा दिन नमिल्ने बताए ।

जिशिअ ठाकुरले सार्वजनिक बिदाका दिन पढाएर बिदा नभएको दिन शिक्षकको स्वार्थका कारण विद्यालय बन्द गर्न कुनै पनि हालतमा नमिल्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।