काठमाडौं १६ । जनवादी गणतन्त्र चीन सरकारले नेपालको शैक्षिक विकासका क्षेत्रमा सघाउने चाहना व्यक्त गरेको छ ।
नेपालका लागि चिनिया राजदूत उ चिन्ताईले शिक्षामन्त्री माधव पौडेलसँगको भेटका क्रममा नेपालको शिक्षा क्षेत्रको भौतिक तथा व्यावसायिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीका प्रेस सहयोगी मातृका पौडेलले जानकारी दिए ।
शिक्षा मन्त्रालयमा आज भएको भेटमा नेपालको शैक्षिक क्षेत्रका विषयमा छलफल भएको थियो । भेटमा शिक्षामन्त्री पौडेलले चीन सरकारले नेपालको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै शैक्षिक विकासमा चीन सरकारले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गरे ।

मन्त्री पौडेलले नेपाल सरकारले यसै वर्षदेखि आधारभूत शिक्षा अनिवार्य गर्न लागेको जानकारी दिंदै कुनै पनि बालबालिकाले विद्यालय जान नपाउने, नसक्ने वा नपठाउने अवस्थाको अन्त्य गराइने बताए ।







