बैशाख १ रासस – सोलुखुम्बुको गुदेलमा एक पर्यटकमाथि कुटपिट गर्नुका साथै निजको साथमा रहेको विभित्र सामग्री लुटिएको छ ।

लुक्लाबाट सङ्खुवासभाको तुम्लिङटार हिँडेका न्युजिल्यान्डका ती नागरिक बाटो नचिनेर जङ्गलमा पुगेको बेला लुटिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार शुक्रबार लुटिएका पर्यटकलाई आज हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ ।

लुटेराहरूले पर्यटकमाथि कुटपिट गर्नुको साथै उनको साथमा रहेको निकोन क्यामरा, स्लिपिङ ब्याग, ज्याकेट, दुई हजार ५०० नगद र एक हजार ५०० डलरबराबरको सामान लुटेका छन् । पर्यटकको टाउकामा गम्भीर चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी आज हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

लुटेराको व्यापक खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।