ज्ञानेन्द्र शाहलाई विलिन पर्ने कांग्रेसले माओवादीलाई पनि सखाप पार्छ : केसी

माघ २०  – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले पूर्व राजालाई विलिन बनाएजस्तै एकीकृत माओवादीलाई समेत सखाप पार्ने चेतावनी दिएका छन्।


आज बारामा आयोजित एका कार्यक्रममा बोल्दै नेता केसीले कांग्रेसको नेतृत्वमा पूर्व राजा ज्ञानेन्द्रलाई विलीन बनाएजस्तै बाबुराम नेतृत्वलाई सखाप पार्ने चेतावनी दिएका हुन् ।  केसीले सडक आन्दोलनबाट पूर्व राजा ज्ञानेन्द्र शाह विलिन भए जस्तै एकीकृत माओवादीका उपाध्यक्ष प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सखाप पार्ने चेतावनी दिए ।

केसीले एकीकृत माओवादीले आफूलाई सर्वसत्तावादी ठानेर अगाडि बढेकाले उसको नेतृत्वको सरकारलाई कांग्रेसले सडक संघर्षबाटै विलिन पार्ने नेता केसीको चेतावनी दिएका हुन् ।

 केसीले एकीकृत माओवादी पार्टी फुटेर कमजोर भइसकेको माओवादीको पार्टी भित्रै औचित्य समाप्त भएकाले पनि उसले अव सरकारमा बस्ने हैसियत नरहेको बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।