माघ २० – प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाको बाटो छोडेर आफू नहिड्ने प्रष्ट पार्दै आफ्नो नेतृत्वसँग शसंकित नहुन प्रतिपक्षलाई आग्रह गरेका छन् ।

भट्टराईले ‘गणतन्त्र आएपनि धेरै कुरा संस्थागत गर्न बाँकी रहेका छन् भन्दै भने ‘हामीले अझै मिलेर अगाडि बढ्नु छ ।’ भट्टराईले कांग्रेस र एमालेतर्फ लक्षित गर्दै जहाज डुब्न लाग्दा मुसा भाग्न खोजेजस्तो नगर्न समेत आग्रह गरेका छन्।

पार्टीको सातौँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस र एमालेलाई लक्षित गर्दै भने ‘जहाज डुब्न खोज्दा केही मुसा भाग्न खोजेजस्तो नगर्नुहोस् ।’ भट्टराईले जेठ भित्रमा निर्वाचन गर्न एजेन्डामा सहमति गरेर अगाडि जान आफूहरु तयार रहेको बताउँदै कांग्रेस र एमालेलाई सडक छोटेर सहमतिका लागि वार्ता गर्न आग्रह समेत गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।