एमाओवादी अधिवेशन उद्घाटनमा जाँदै गएनन सभापति कोइराला र अध्यक्ष खनाल

माघ २० – एकीकृत माओवादीको सातौँ अधिवेशनमा विपक्षी दलका नेता सुशील कोइराला र झलनाथ खनाल उपस्थित नै भएनन्।

एकीकृट माओवादीको हेटौँडामा सुरु भएको महाधिवेशनमा नेपाली कांग्रेसका सभापती सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई निमन्त्रण पठाइएको भए पनि दुवै शीर्ष नेता महाधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित नभएका हुन्।

एमाओवादीले नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्षलाई निमन्त्रण आएको भए पनि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम मात्र हेटौँडा पुगेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका सभापति र अध्यक्षले कार्यव्यस्थताका कारण महाधिवेशनमा उपस्थित हुन नसकोको बताउँदै दोस्रो दर्जाका नेतालाई मात्र पठाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले भने पार्टीको काममा सभापति र अध्यक्ष व्यस्त भएकाले उपसभापति र उपाध्यक्षलाई अतिथिको रुपमा प्रतिनिधित्व गर्न पठाएको बताएका छन् । एक पार्टीको अधिवेशनको अर्को पार्टीका शीर्ष नेता उपस्थित हुने शृङ्खलालाई भंग गर्दै कांग्रेस सभापति र एमाले अध्यक्ष एमाओवादीको अधिवेशनमा अनुपस्थित भएका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 2 COMMENTS

    1. feri arko tarika sikayo yo chor harule , vanne ho vane chorne dekhi lutne futne kutne desko sampti chusne sabaikam yo chor kangress r chor yemale nai sikau6 mao badi lai he vagawan yo kubuddi yini haru m kasari ayo vaneko pravu

    Comments are closed.