माघ २० – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानको रक्षाका लागि भए पनि राष्ट्रपतिले कदम चाल्नुपर्ने बताएका छन्।


प्रेस
युनियन सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा
बोल्दै कोइरालाले राष्ट्रपतिले संविधानको रक्षाका लागि भए पनि कदम
चाल्नुपर्ने धारणा व्यक्त गरेका हुन् । कोइरालाले राष्ट्रपतिले कदम
चाल्नुपर्ने बताए पनि कस्तो कदम चाल्ने भन्ने विषयमा केही बोलेनन् ।

सोही
अवसरमा सभापति कोइरालाले एकीकृत माओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री
डा. बाबुराम भट्टराईले भनेजस्तो तानाशाही व्यवस्था नेपालमा टिक्न नसक्ने
समेत बताएका छन् । कोइरालाले पत्रकारसँँग कुरा गर्दै भने ‘एमाओवादीले
सहमतिको राजनीतिक छोडेर एकदलीय सर्वसत्तावाद लादन खोजिरहेको छ तर नेपालमा
बाबुरामले खोजेजस्तो तानाशाही व्यवस्था टिक्न सक्दैन ।’ उनले एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष एवम् प्रधानमन्त्री भट्टराईले
नेपालमा तानाशाही प्रवृत्ति लागु गर्न खोजे उनीहरुको हालत गद्धाफिको जस्तै
हुने चेतावनी समेत दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।