माघ १९ – माओवादी युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्याका अभियुक्तलाई जेल चलान गरिएको छ।

शुक्रबार थापाका हत्या अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख जिल्ला अदालतले आदेश दिएको हो । दैलेख जिल्ला न्यायाधिश रामकृष्ण भट्टको इजलासले शुक्रबार पाँचजना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँने फैसला गरेका हुन् ।

जिल्ला न्यायाधिश भट्टले अहिले प्राप्त प्रमाणका आधारमा अभियुक्तहरु कसुरदार देखिएकाले मुलुकी ऐन अदालती बन्दोबस्त अनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको आदेशमा उल्लेख गरेका छन् ।

बिहिबार र शुक्रबार गरी दुई दिन लामो बहस पछि आज थापाका हत्या अभियुक्त पाँच जनालाई जिल्ला अदालत दैलेख  चलान गरिएको छ । पत्रकार थपाकी श्रीमती   लक्ष्मी थापाको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बर काफ्ले, अधिवक्ता गोविन्द बन्दी, दिनेश त्रिपाठी, वसन्त गौतम, सुरेन्द्र अधिकारी, ललित मल्लले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट गोपाल सिवाकोटी चिन्तन, केदार गुरागाई, कपिल पोखरेल र कृष्णलाल भट्टराईले बहस गरेका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।