चलचित्र कलाकार संघको आयोजनामा शनिबार ललितपुरको गोदाबरीमा पिकनिकको आयोजना गरिएको छ ।
उक्त पिकनिक कार्यक्रममा नायक शिव श्रेष्ठ,कलाकार बसुन्धरा भुषाल, नायक निर्माता आकाश अधिकारी, कलाकार किरण के।सी, नायिका रुपा राना, नायिका सिर्जना बस्नेत, नायिका मौषमी मल्ल, नायक आर्यन सिग्देल, नायिका निशा अधिकारी, हास्य कलाकारद्धय दिपकराज गिरी, दिपाश्री निरौला, गायिका निशा सुनुवार, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष बिमल पौडेल लगायतका चलचित्रकर्मीहरु सहभागीथिए ।
कलाकारहरु बिच सम्वन्ध निकट बनाउन र रमाइलो गर्ने उद्देश्यले आयोजना गरिएको बनभोज कार्यक्रम शनिबार दिनभर नै चलेको थियो । गोदाबरीको खुल्ला चौरमा आयोजना गरिएकाले पनि चर्चित कलाकारहरु आफ्ना दर्शकको घेरामा घेरिएका थिए ।
Comments




















