मंसिर २६ – प्रचण्डलाई गालामा झापड हान्ने बाग्लुङका पदम कुँवर आज जेलबाट छुटेका छन् ।

पदमले मंसिर १ गते भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापान कार्यक्रममा उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गालामा एक थप्पड हानेका थिए ।

थप्पड हानेपछि उनलाई एमाओवादी कार्यकर्ताले त्यतिबेला कुटपिट गरी गम्भीर घाइते बनाएका थिए भने त्यसै समयदेखि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोमबार भने उनलाई प्रमुख जिल्ला अधिकारीले २८ हजार तिरेर जान भनेका थिए । तर उनीसँग सो रकम नभएपछि उनी केन्द्रीय कारागारमै बस्न भए । तर सो खबर मिडियाबाट बाहिर आउन साथ उनलाई सहयोग गर्नेको लर्को लागेको थियो ।
उनलाई छुटाउन जताततैबाट सहयोग जुटेपछि अन्तिममा प्रचण्ड आफैले उक्त रकम दिने घोषणा गरेका थिए । त्यसपछि भने उनी छुटेका हुन् । छुटेपछि उनले यसो भनेका छन् भिडियोमा हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।