मंसिर २२– केन्द्रीय कारागारका कैदी श्रीमतीसँग यौन सम्पर्कका लागि निरन्तर गेष्ट हाउस गएको सार्वजनिक भएको छ ।
काठमाडौँको बागबजारस्थित लोटस गेष्ट हाउसमा तीन प्रहरीको पहराभित्र युवतीसँग श्रीमतीसँग यौनलिला गरिरहेको अवस्थामा एक कैदी रंगेहात पक्राउ परेका हुन् । डकैती मुद्धामा केन्द्रीय कारागारमा सजाय भोगिरहेका कैदी सुनिल तामाङलाई श्रीमतीसँग यौनमा मस्ती गरिरहेका बेला रंगेहात पक्राउ परेका हुन् । कारागारको सुरक्षामा कटिएका प्रहरीले सुनिललाई गेस्ट हाउसमा पुर्याएर सुरक्षा दिएको समेत अनुसन्धानबाट खुलेको छ ।
सुनिलको सुरक्षामा कटिएका प्रहरीलाई निलम्बित गरिएको छ । कारागारमा भाइनाइके रहेका सुनिलको सुरक्षामा खटेका प्रहरीले उनलाई अस्पताल लान भन्दै लिएर बाहिर निस्किएर गेष्ट हाउस पुर्याएका थिए । अस्पताल लाने भनेपछि जेल प्रशासनले प्रहरी हवल्दार रामअवतार यादव, सिपाही रमेश थापा र भुवन श्रेष्ठलाई हातहहतियार सहित तामाङ्को सुरक्षाका लागि पठाएको थियो ।
गेष्ठ हाउसमा पुगेका कैदी तामाङ श्रीमतीसँग यौन लिलामा मस्त भए भने उनको सुरक्षामा खटिएका प्रहरी तामाङकै पैसामा अर्कै कोठामा मोज गरिरहेका थिए । हतकडी लाएको मानिस सहित हतियार सहितका प्रहरी गेष्ट हाउँसमा पसेको देख्ने एक सर्वसाधारण महानगरीय प्रहरीलाई दिएको जानकारी अनुसार सिंहदरबारका प्रहरी निरीक्षक श्याम महतोले महानगरीय प्रहरी परिसर काठमाडौँमा जानकारी गराएर टोली अनुसन्धानका लागि प्रहरी टोली बागबजार पुगेको थियो ।
प्रहरी टोली बागबजार पुगेर गेष्ट हाउसमा तामाङको मेजमानि खाइरहेका प्रहरीलाई पक्राउ गरेपछि टोली छिर्यो तामाङ्को कोठामा । तामाङ श्रीमतीसँग यौनलिलामा मस्त थिए । सोही मौकामा परे प्रहरीको फन्दामा । अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले प्रहरीले तीन प्रहरी तामाङमाथि अनुसन्धान गर्दा उनी युवतीसँग पटक पटक यौन सम्पर्कका लागि उक्त गेष्ट हाउसमा जाने गरेको समेत खुलेको छ । प्रहरीले तामाङकी श्रीमती भएको प्रमाणित भएपछि युवतीलाई परिवारको जिम्मा लगाइएको छ भने तामाङलाई कारागार पठाएर तीन प्रहरी निलम्बन गरेको छ ।
Comments







