कात्तिक २२ – सप्तरीको पातो बेस क्याम्पबाट हराएको प्रहरीको हतियार लामो खोजतलासपछि फेला परेको छ ।

करिब एक हप्ता अगाडी हराएको प्रहरी विशेष कार्यदल ९एसटिएफ० को हतियार कविलास–७ स्थित एक स्थानीयको परालको कुन्युमा ७ राउन्ड गोलीसहित हतियार फेलापरेको हो ।

उक्त हतियार फेला परेपछि हतियार कसले लग्यो भन्नेबारे भने अहिलेसम्म पनि खुलाइएको छैन ।

सोही विषयमा हतियार हराएको र गैरजिम्मेवारी देखाएको भन्दै तत्कालीन पातो बेस क्याम्पका इन्स्पेक्टर मनोज चन्द र हवल्दार ज्ञानु साउदलाई प्रहरी विशेष कार्यदल (एसटिएफ) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

दसैँका बेला पातो बजारस्थित डाकनेश्वरी भगवती मन्दिरमा आयोजित थिएटरमा सहायक हवल्दार साउदले बोकेको इन्स्पेक्टर चन्दको ‘नाइन एमएम ब्रान्डिङ इटालियन पेस्तोल’ हराएको थियो ।

उक्त हतियार हराएपछि प्रहरी भित्र निक्कै खैलाबैला समेत मच्चिन पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।