कात्तिक २० – चिनियाँ प्रशासनले १० दिनसम्म नेपालीलाई चीन जान रोक लगाएको छ । चिनियाँ कांग्रेसको महाधिवेशनका विषयलाई लिएर चीनले यस्तो निर्णय गरेको हो ।

नेपाल र चीनका सीमा अधिकारीहरुबीच भएको बैठकमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको थियो ।

बैठकपछि अध्यागमन कार्यालय कोदारीले चीन सरकारको अनुरोधमा आइतबारदेखि आगामी मंसिर १० गतेसम्मका लागि सर्वसाधारणलाई प्रदान गर्दै आएको एक दिने प्रवेश अनुमति पत्र जारी नगर्ने जानकारी गराएको छ ।

चिनियाँ कांग्रेसको महाधिवेशन कार्तिक २३ देखि सुरु हुंदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।