असोज २९ – नेपाल विद्युत् प्राधिकरणले नेपालीहरूको महान चाड बडादसैँको अवधिभर विद्युत कटौतीको समय घटाउने भएको छ ।
बडादसैँलाई ध्यानमा राखेर आगामी कात्तिक ५ देखि १३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कात्तिक ५ देखि १३ गतेसम्मको अवधिमा सातामा १८ घन्टामात्रै लोर्डसेडिङ हुनेछ । अहिले सातामा ४८ घन्टा लोडसेडिङ हुँदै आइरहेको छ ।
प्राधिकरणको सो निर्णयले बडादसैँभरि उपभोक्तालाई केही राहत हुने जनाएको छ ।
प्राधिकरणको निर्णयअनुसार सो समयमा हप्ताको पाँच दिन दुई÷दुई घन्टा र दुई दिन चार/चारघन्टाका दरले लोडसेडिङ हुने भएको छ ।
Comments








