साउन २९ – तनहुँ र स्याङ्जा जिल्लामा रु ५६ लाखको लागतमा निर्माण गरिएको चारवटा सोलार पम्पबाट १२९ घरधुरीलाई घर–घरमा खानेपानीको धारा जडान गरिएको छ ।

वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र ग्रामीण तथा वैकल्पिक ऊर्जा प्रालि दमौलीको प्राविधिक सहयोगमा सोलार पम्प जडान गरिएको हो ।

तनहुँको गजरकोट र स्याङ्जाको क्याक्मी गाविसमा निर्माण गरिएका ती सोलार पम्पबाट पानी तानेर ग्रामीण क्षेत्रका बासिन्दालाई घर–घरमा खानेपानीको धारा वितरण गरिएको बताइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रत्येक सोलार पम्पलाई दिने अनुदान रु १०÷१० लाख र रु चार÷चार लाख बराबरको श्रमदानमा सो सोलार पम्प निर्माण गरिएको ग्रामीण तथा वैकल्पिक ऊर्जा प्रालि दमौलीका कार्यक्रम अधिकृत नरेन्द्र शर्माले बताउनुभयो ।

ती सोलार पम्पबाट घर–घरमा खानेपानीको धारा निर्माण भएपछि १२९ घरधुरीका ६४५ जना लाभान्वित भएको निर्माण समितिका पदाधिकारीले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।