साउन २८ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिमागले काम गरेको छ कि छैन भन्ने विषयमा आशंका व्यक्ति गरेकी छन् ।

चार खाले कुरा गर्ने भएकाले उनको दिमागले काम गरेको छैन कि भन्ने आफूलाई लागेको उनले बताएकी हुन् । माओवादी अध्यक्षले दिनमा चार खाले कुरा गर्दा देशको समस्या झन् जटिल बनेको उनको भनाई छ ।
आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारी तय नगर्दा समस्या आएको भन्दै आज उपसभापति रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने पनि बताएकी छन् ।

पार्टी सभापति सुशिल कोइरालाले पार्टीमा ध्यान दिनुपर्ने भएको र बरिष्ट नेता शेर बहादुर देउवा पार्टीको अभिभाबक भएकाले कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि उपसभापति पौडेललाई प्रस्ताव गर्ने उनको भनाई छ ।

नेतृ कोइरालाले सभापति वा वरिष्ट नेता मध्ये कुनैको नाम घोषणा गरेर प्रधानमन्त्री बन्न नसके पार्टी नै सकिने समेत उल्लेख गरिन् ।

अर्को छुट्टै प्रसंगमा उनले काम चलाउ भएर नयाँ सरकार कुरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्नुको कुनै अर्थ नरहेको पनि उल्लेख गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।