काँडा भन्दा पनि बढी फुलले घोरिरछ मलाई
मलाई वर्षाको पानीले भन्दा तिम्रो मायाले रुझाईरछ
किनकी आज गाईजात्रा हो ।


मलाई त हाम्रा नेताहरु भन्दा कुकुरहरु राम्रा लागिरछन् ।
भुक्ने काम हो उनीहरुको भुकिरछन् । स्याल खेद्ने काम हो
खेदि पनि रछन् ।

किनकी यो चाँही साचो हो ।
नेताहरुको काम जनताको रगत चुस्ने हो चुसिरछन् ।
काम त्यो होइन भने पनि त्यसै गरिरछन् ।
नेपाल आमालाई रुवाईरछन् –
यो पनि साचो हो ।

मेरा आँखाले देखिरछन् ।
यो देशका नेताहरु भेडाहरु हुन् । सुगुरहरु हुन् ।
चैत्यहरु हुन् । रक्तपिपासुहरु हुन् । भ्रष्टचारी हुन् ।
काम नपाएका हुन् । पागलहरु हुन् अरु अरु थुप्रै हुन् ।
किनकी आज गाईजात्रा हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।