१
कामदेवमा
जीवन र यौवन
रतिको राग
 २
भमरा आयो
फूलको बासनामा
तृप्तिको अन्त्य
  ३

यौवन हुँदा
मरिहत्य हुन्थे रे
थोत्रो झुपड़ी
  ४
रगत बिर्य
दशम महिनामा
एक जीवन
  ५
जीवन यात्रा
संघर्ष र बेचैनी
मुग्लानी हुदा
   ६
सुन्दरी रूप
बिछोडका काहनी
रिक्त जवानी
   ७
सम्झना मेरो
तिम्रो दिलमा अझै ?
मिलन खै त ?

मोहन आचार्य ‘जलद’
प्रगतिनगर नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।