साउन १० – नव गठित नेकपा माओवादी निकट विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारी प्युठानका जिल्ला सचिवालय सदस्य सोनु कुमार सुनारमाथि क्रान्तिकारी विद्यार्थी संगठनले गरेको आन्दोलनको विषयलाई लिएर कुटपिट भएको छ ।

बुधबार साँझ ७:१५ बजे आफूले खाना खाने प्यूठानको विजुवार ७ जुम्रिस्थित कालिका गेष्ट हाउसमा बसिररहको बेला सोही जुम्रि बस्ने दिप बस्नेतले बाटोमा बोलाई अखिल क्रान्तिकारीले गरिहेको आन्दोलनका विषयलाई लिएर उच्च मावि किन बन्द गरेको भनेर हातपात गरेको नेता सुनारले बताएका छन् ।

बस्नेतले केटाहरु बोलाएर धुलो पार्ने धम्की समेत दिएको र हातापत पश्चात आफू होटल भित्र पस्न सफल भएको उनको भनाई छ । उनले सुरक्षाका लागि प्रहरी अन्य सम्बन्धित निकायसँग अपिल गर्ने बताएका छन् ।

हातपात गर्ने बस्नेत मुक्ति उच्चमावि राटामाटा प्युठानमा अध्ययनरत छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।