साउन ७ – उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ ।

गत बैशाख १७ गतेदेखि सञ्चालन भएको परिक्षाको आज सार्वजनिक भएको नतिजामा ७२‌.३१ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

विज्ञानतर्फको परिक्षामा सामेल भएका ३० हजार दुई सय परिक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उतिर्ण भएका छन् भने अंशिकतर्फ ४६‌.७९ प्रतिशत उतिर्ण भएका छन् ।

अंशिकतर्फ ५ हजार ५७४ परीक्षाले परीक्षा दिएको २ हजार ६ सय ८ उतिर्ण भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।