असार ३१ – नवलपरासीमा आज तीर्थयात्रामा गइरहेको एक यात्रु बाहक बस दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ ।

भारतीय सीमा क्षेत्रमा रहेको नवलपरासीको झुलनीपुरबाट त्रिवेणी तर्फ जाँदै गरेको लु१ख २३५६ नम्बरको उक्त बस त्रिवेणी सुस्ता गाविसस्थित भारतीय पश्चिमी मुल नहरमा खसेको हो ।

दुर्घटनामा ३५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भेटिएको शवहरू मध्ये २३ जना पुरुष, १० जना महिला र १ जना बच्चाको रहेको बुझिएको छ ।

दुर्घटनामा १२ जना बढी घाइते अवस्थामा भेटिएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बसमा अधिकांश त्रिवेणीधाममा आउन लागेका बोलबमका भारतीय तिर्थयात्रुहरू रहेको बताइएको छ ।
नहरमा थप व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।