असार २६ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालसँगै बिहे गरेर भागेको भनिएकी बिना मगरलाई पनि पार्टीले कारबाही गरेको छ ।

मगर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीकी केन्द्रिय सदस्य र सरस्वती क्याम्पसकी स्ववियू सभापति थिइनन् ।

अखिल क्रान्तिकारीको बैठकले आज बसेको बैठकले मगरबारे प्रश्न उठेकाले छानबिनका लागि उनलाई निलम्बन गरेको बताएको छ

दाहाल पुत्र प्रकाश र विना दुवै जना लुम्बिनी–सगरमाथा शान्ति यात्राका सदस्य रहेको र दुवै जनाले सगरमाथाको सफल आरोहणसमेत गरेका थिए ।

अहिले उनीहरु दुवै जना सम्पर्क बिहीन अवस्थामा रहेका छन् । प्रकाशलाई भने हिजै साधारण सदस्य नरहने गरी पार्टीले कारबाही गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।