२२ असार – नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसाको अभाव भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा कारोबार ह्वात्तै बढेपछि शाखा कार्यालयमा पैसाको अभाव भएको हो ।

साबिकभन्दा आर्थिक वर्षको अन्त्यतिर कारोबार बढेको बैंकले बताएको छ । काठमाडौँबाट पैसा आउन नसक्दा दुई दिनदेखि कारोबारमा असहजता आइरहेको बैंकले बताएको छ ।

अहिले खातामा जम्मा भएको पैसाको आधारमा निकासा दिने गरेको शाखा प्रबन्धक ठाकुरप्रसाद डाँगीले बताउनुभयो ।

मङ्गलबार नै पैसा ल्याउने तयारी भए पनि वर्षा नरोकिएपछि बैंकमा पैसा आउन सकेको छैन । बैंकमा दिनहुँजसो घुइँचो हुने गरेको छ ।

आर्थिक वर्ष सकिन करिब हप्तादिनमात्र बाँकी छँदा जिल्लामा रहेका अन्य निजी बैंकमा पनि कारोबार बढेको भए पनि नेपाल बैंक लिमिटेडमा नै पैसा नभएपछि सबै क्षेत्रको कारोबार ठप्प जस्तै बनेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।