असार १० – मोबाइलबाट धम्की दिएर पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–१३ निवासी ३२ वर्षीय गौतम महासेठलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।

मोरङ्गका धनाढ्य, उद्योगी, व्यवसायी तथा उच्चस्तरका कर्मचारीलाई धम्क्याएर रकम मागेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका महासेठले भने छ महिना अगाडि आफ्नो नेपाल टेलिकमको सिमकार्डसहित मोबाइल हराएको प्रहरीसामु बयान दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।