जेठ २८ – प्रहरीले २ हजार ६४० किलो लुकाइछिपाई राखेको चरेससहित ५ जना जना पक्राउ गरेको छ ।

प्रहरीले दुई हजार ६४० किलो चरेस काठमाडौंको सेतीदेवी गाविसबाट बरामद गरेको छ ।

प्रहरीको लागुऔषध तथा नियन्त्रण इकाइ नयाँबानेश्वरले सो चरेससहित पाँचजनालाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दियो ।

सो चरेश अहिलेसम्मकै ठूलो परिणामको भएको प्रहरीले बताएको छ । १८ वटा बोरामा ३० किलोका दरले लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले बताए ।

पक्राउ पर्नेहरुमा मकवानपुरका वीरबहादुर लामा, कुमार लामा, हस्तबहादुर रम्बा, चन्द्रबहादुर गोले र तीर्थबहादुर राई रहेका छन् ।

         Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।