जेठ २८ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विदेशी शक्तिको चलखेलका कारण नेपालमासंविधान बन्न नसकेको दाबी गरेका छन्  ।

न्यु नेपाल रिसर्च सेन्टरले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले
विदेशीको चलखेलका कारण संविधानसभाको विघटन भएको र संविधान पनि बन्न नसकेको
बताए ।

अन्तरक्रियामा उनले नेपालमा नेता भएपनि राजनेताको कमीका कारण मुलुकले समस्या भोग्नु परेको उल्लेख गरे ।

अब पनि संविधानसभाको निर्वाचन गरिएमा त्यसले देशमा जातीय द्धन्द्ध निम्तिने हुंदा त्यतातिर जान ठिक नहुने उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।