काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रममा उल्लेख गरेको कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने त्रिभुवन विश्वविद्यालयले गर्ने भएको छ ।
सरकारको नीति अनुरूप कक्षा कार्ययोजना बनाइ कार्यान्वयन गर्न पहल गरिने उपकुलपति प्रा डा दीपक अर्यालले बताए ।
कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने उनको भनाइ छ । ‘अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागू गरिने छ’, त्रिविको सभामा उपकुलपति अर्यालले भने ।
व्यावसायिक साझेदारी कार्यलाई अगाडि बढाउन व्यवसायीहरूमार्फत ज्ञान, उत्पादन, अनुसन्धान, भौतिक पूर्वाधार निर्माणमा सहयोग आदानप्रदान गरिने उनको भनाइ छ ।
Comments







