काठमाडाैं । जेन–जी आन्दोलनपछि चर्चित बनेका सुधन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका छन् ।
हामी नेपाल अभियानका संयोजकसमेत रहेका उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन् । गुरुङ पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्नेमा भूमिका खेलेका थिए । गोरखा १ बाट अघिल्लो चुनावमा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए ।
Comments







