काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनकाे बन्दसत्र आज (आइतबार) सुरु हुँदै छ । शनिबार भक्तपुरमा सम्पन्न भएको उद्घाटन समारोहपछि उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार बिहान ७ः ३० बजे काठमाडौंको भृकुटीमण्डपस्थित कार्यक्रम हलमा उपस्थितिका लागि अनुरोध गरेका थिए । तर, बन्दसत्र भने १२ बजे मात्र सुरू हुने भएकाे छ । त्यस अगाडि केन्द्रीय समितिकाे बैठक बस्नेछ ।

एमालेका देशभर २ हजार २६२ प्रतिनिधि छनोट भएका छन् ।

भृकुटीमण्डपमा विद्युतीय हाजिरी गर्ने मेसिनदेखि सेल्फी खिच्ने र टिकटक बनाउने प्वाइन्ट राखिएका छन् ।

त्यस्तै, कम्युनिस्ट इतिहास झल्किने तस्वीरहरू राखिएका छन् भने २३ जन वर्गीय संगठनले गरेका कामहरू देखिने तस्वीर प्रदर्शनीमा राखिएको श्रेष्ठले जानकारी दिएका छन् । बन्दसत्रमा राजनीति, सांगठनिक प्रतिवेदन पेस हुनेछ । त्यस्तै, २२ मंसिरमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई बुझाइएको अवधारणापत्र प्रतिनिधिमाझ बाँडिनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।