काठमाडौँ । केपी शर्मा ओली पक्षबाट सचिवकाे टिकट नपाएपछि अग्नि खरेलले एमालेको ११औं महाधिवेशनमा स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका छन् । ओली प्यानलमा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
ओली प्यानलबाट सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार भएका छन् ।
खरेल ओलीका विश्वासपात्रका रूपमा चिनिन्थे । यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए । अहिले उनले ओलीकाे साथ छाडेका हुन् ।
Comments







