सेयरधनीलाई लाभांश नदिएको कुमारी बैंकले कर्मचारीलाई बाड्यो ५८ करोड बोनस

काठमाडौं । यो वर्ष सेयरधनीलाई केही पनि लाभांश नदिएको कुमारी बैंकले आफ्ना कर्मचारीलाई भने बोनसको नाममा ५८ करोड बाडेको छ ।

खराब व्यवस्थापन र नियामक निकाय राष्ट्र बैंकले पनि हस्तक्षेप नगर्दा बैंकको नन् पर्ममिङ लोन् नै ७ प्रतिशतको बिन्दुमा पुगेको छ ।

सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कमजोर क्षमता र सुशासन अभावका कारण बैंक दिन प्रतिदिन ओरालो लागिरहेको छ । बैंकको खराब कर्जा बढेका कारण ठूलो मात्रा प्रोभिजन छुटाउनु परेको छ ।

त्यसको सोझो असर पनि लगानीकर्ताले बेहोर्नु परेको छ । बैंकका लगानीकर्ताले यो वर्ष कुनै पनि लाभांश हात नपारे पनि बैंकका कर्मचारीले भने ५८ करोड १६ लाख २४ हजार ४ सय ५१ रुपैयाँ पाएका हुन् ।

बैंकले कर्मचारीको बोनस खर्च अपरेटिङ एक्सपेन्स अन्तर्गत ठूलो राशी खर्च गर्दा डिस्ट्रिब्युएबल प्रोफिटमा समेत असर परेको छ । कतिपयले कर्मचारी बोनशमा यति ठूलो खर्च नगरेको भए सेयरधनीले पनि केही हिस्सा पाउन सक्ने बताएका छन् ।

पुँजी लगानी गरेर जोखिम बहन गर्ने लगानीकर्तालाई हात खाली राखेर तलब सुविधा पाउने र जोखिम पनि नबेहोर्ने कर्मचारीलाई भने करोडौं बाडेको भन्दै बैंकको विरोध पनि भइरहेको छ ।

बैंकले लगानीकर्तालाई अपेक्षा गरेको र आफ्नो मात्र तलब तथा बोनश सुरक्षित गर्न बैंक सञ्चालक र व्यवस्थापन लागेको सेयरधनीहरुको भनाई छ ।

याे पनि पढ्नुहाेस्…

  • कुमारी बैंकः आफ्नै पैसा निकाल्नै हम्मे हम्मे, कार्ड प्रयोग गर्ने सेवाग्राहीको पैसा नै गायब
  • कुमारी बैंकको ग्राहक निक्षेप घट्यो, कर्जा नोक्सानी पनि दोब्बरले वृद्धि
  • खराब कर्जाले थलियो कुमारी बैंक, अडिट रिपोर्ट बनाउनै सकस
  • Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।