Thursday, August 20, 2026
25.1 C
Kathmandu
Home अर्थ खबर कुमारी बैंकः आफ्नै पैसा निकाल्नै हम्मे हम्मे, कार्ड प्रयोग गर्ने सेवाग्राहीको पैसा...

कुमारी बैंकः आफ्नै पैसा निकाल्नै हम्मे हम्मे, कार्ड प्रयोग गर्ने सेवाग्राहीको पैसा नै गायब

तस्बीर एआईबाट निर्माण

काठमाडौं । राष्ट्रियस्तरको क वर्गको कुमारी बैंकको सिस्टम तथा डिजिटल प्रणाली कमजोर हुँदा सेवाग्राहीले हैरानी खेप्नु मात्र नभएर आफ्नो पैसा समेत गुमाउन बाध्य भएको पाइएको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङमा पटक पटक समस्या आउने गरेको पाइयो हो । कलंकी शाखामा खाता रहेकी एक ग्राहकले एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा आफ्नो नजाने गुनासो गरेकी छिन् । क्युआर वा अकाउन्ट जेबाट प्रयास गर्दा पनि पैसा पठाउँदा फेल हुने गरेको उनको भनाई छ ।

अनामनगरका एक युवाले पनि त्यस्तै गुनासो पोखे । उनीहरुका अनुसार वालेटहरुमा लोड गर्दा पैसा गएपनि अर्को बैंकमा पैसा पठाउँदा भने समस्या हुने गरेको छ । यो बैंकको सिस्टमको गम्भीर समस्या देखिएको हो ।

उनीहरुले बैंकमा गएर गुनासो गर्दा पनि समस्या समाधान नभएको बताएका छन् । ‘हामी हेडक्वाटरमा भन्छौं, अरुको समस्या आउँदैन तपाईको मात्रै कसरी भयो भनेर उल्टै प्रश्न गर्छन् ।’ बैंक कर्मचारीको भनाई उदृत गर्दै ती ग्राहकले भने ।

एक वर्षदेखि यस्तो समस्या भोग्दै आएको भन्दै उनीहरुले अर्को बैंकमा खाता खोल्न बाध्य भएको समेत गुनासो सुनाए । ‘अब यो बैंकमा कारोबार नै बन्द गर्छु, बैंकको सेवा नै भएन ।’ ती सेवाग्राहीले भने ।

कार्डबाट पैसा नै रिफण्ड हुँदैन
कुमारी बैंकको कार्ड सम्बन्धी समस्या झनै गम्भीर रहेको पाइएको छ । केही महिनाअघि विदेश भ्रमण प्रयोजनका लागि कुमारी बैंकको कार्ड प्रयोग गरेका एक सेवाग्राहीले खेप्नसम्मको हैरानी खेप्नुपर्यो भने पैसा समेत गुमाउनु परेको छ ।

कुमारी बैंकको ठमेलस्थित शाखाबाट पैसा बुझाएका ती ग्राहकको पैसा बैंकको सोही खातामा फिर्ता हुनुपर्नेमा बैंकले धेरै भन्दा धेरै झुलाएको र पैसा समेत फिर्ता नदिएको उनको भनाई छ ।
अन्य बैंक तथा बैंकको कार्डमार्फत पैसा तिरेका ८ जनाको पैसा फिर्ता भएपनि कुमारी बैंकबाटै पैसा तिरेका ती सेवाग्राहीको १५ हजार भने कुमारी बैंकबाट अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् ।

सुचनाको हक प्रयोग गरेर तथ्यांक माग्दा सुचनाको हक अनुसार लिखित रुपमा जवाफ दिनुको सट्टा कार्यालयमा बोलाएर यहीँ हो रिफण्ड लिष्ट तपाईको पैसा फिर्ता भएको छैन, दिन सक्दैनौं भनेको ती सेवाग्र्राही बताउँछन् ।

आईजिएफ फोरमका लागि नर्वे सरकारले भिषा शुल्क फ्रि गरेको थियो । सुरुमा पेमेन्ट गरेपनि पेमेन्ट गरेकै कार्ड वा नम्बरमा रिफण्ड हुने व्यवस्था भएपनि कुमारी बैंकले भने रिफण्ड नआएको भन्दै फिर्ता नगरेको हो ।

यस क्षेत्रका विज्ञका अनुसार बैंकको खराब सिस्टमका कारण पैसा होल्डमा भएको हुन सक्ने वा पैसा आएपनि बैंकले दिन नचाहेको हुनसक्ने बताउँछन् ।

बैंकका अधिकारी भने पैसा नै नआएको बताउने गरेका छन् भने सिस्टम कमजोरको विषय स्वीकार गर्न तयार छैनन् ।

‘सबै ८ जनाको रिफण्ड हुँदा कुमारी बैंकमा नै रिफण्ड नहुनु भनेको कि त बैंकको सिस्टम फेलर हो, कि त बैंकले नै पैसा दिन नचाहेर लुकाएको हुनुपर्छ ।’ ती सेवाग्राही भन्छन् ।

कुमारी बैंकमाथि गम्भीर प्रश्न
यस्ता घटनाले कुमारी बैंकको सिस्टम र बैंकको भरोसामाथि गम्भीर प्रश्न उठाएको छ । कमजोर व्यवस्थापनको कारण बैंकको एनपिएल नै ७ प्रतिशत हाराहारी पुगेको अवस्थामा बैंकले आफ्ना सेवाग्राहीमाथि पनि हेलचेक्राई गर्ने गरेको पाइएको हो ।

याे पनि पढ्नुहाेस्ः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।