नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा तोक्यो चुनावी कमाण्डर

0Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नकेपा) ले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकेको छ।

संयोजक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रदेशगत निर्वाचन परिचालन अनुगमनका लागि कमाण्डर तोकेको हो । बैठकले कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकाेटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई निर्वाचन परिचालन अनुगमनको जिम्मेवारी प्रदान गरेको छ।

नेकपाले निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउँनका लागि अग्नि साप्कोटाको नेतृत्वमा जगन्ननाथ खतिवडा, गोविन्द आचार्य रहेको केन्द्रिय प्रचार समिति गठन गरेको छ। बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोटिङ गरेका थिए।

बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।