काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा सुनचाँदीको मूल्य केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







